कात्तिक १, काठमाडौं – जनकपुर विमानस्थलमा भएको तोडफोड घटनामा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।
जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि साहलाई साधारण तारेखमा रिहा गरिएको हो । साह रिहा भएपछि भोलिको धनुषा जिल्ला बन्दको कार्यक्रमसमेत राजपा नेपाल धनुषाले फिर्ता लिएको छ ।
जनकपुरबाट काठमाडौँ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको माग दावीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको थियो ।