असोज १२, काठमाडौं – नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।
देवेन्द्रपताप शाह प्रमुख कार्यकारी अधिकृत पदबाट अवकास पाएपछि उनी कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
बैंकको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
२०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करिअर सुरु गरेका अधिकारीले बैंकको न्युरोड शाखा प्रमुख, सहायक कार्यकारी प्रमुख र कामु सीईओको रुपमा काम गरेका छन् । उनले कर्जा बिभाग प्रमुख समेत भएर काम गरेका थिए ।