असोज १२, काठमाडौं –दशैंंलाई लक्षित गर्दै यतिबेला उपत्यकामा धमाधम खसीबोका भित्रिरहेका छन् । बाहिरबाट भित्रिएका खसिबोकाहरु माथि परिक्षणको तयारी महानगरले गर्ने भएको छ ।
काठमाडौं महानगर पहिलो चरणमा खसीबोका बिक्रीस्थल अनुगमन गर्ने तथा स्वास्थ्य परीक्षण डेक्स राखेर चौपायाको परीक्षण गरी सिङमा हरियो र रातो रंग लगाउने तयारीमा छ ।
सोमबारदेखि अनुगमन समितिका प्रमुख एवं कामपा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजनमा विभिन्न मासु पसल, बधशाला र चौपाया बिक्री केन्द्रको अनुगमन गरिने भएको छ ।
अनुगमनमा विभाग, शहरी उपभोक्ता मञ्च, कन्जुमर आइ, जिल्ला प्रशासन कार्यालय र महानगर प्रहरीको टोली सहभागी हुनेछ ।