असोज ११, काठमाडौं – ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियान्ता ज्ञानेन्द्र शाही चितवनमा कुटिएका छन् ।
चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्रष्टाचार विरोधी कार्यक्रममा पुगेका शाहीलाई पूर्वमाओवादी निकट वाईसीएले कुटपिट गरिएको बताइएको छ ।
शाहीलाई नेकपाको युवा संगठनले चितवन प्रवेशमा रोक लागाएको थियो ।
आक्रमणबाट गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।