असोज १०, काठमाडौं – पृथ्वी राजमार्गमा ठुला सवारीसाधनलाई निषेध गरिने भएको छ । दशैंको लागि उपत्यकाबाट बाहिरिने यात्रुको सुविधालाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा ठुला सवारीसाधनलाई निषेध गरिने भएको हो ।
यात्रुको चाप अत्यधिक भएसँगै ट्राफिक जाम बढेको छ ।यसकारण अब आइतबार (असोज १२ गते देखि १८ गतेसम्म ठुला सवारीसाधनलाई निषेध रोक लगाइने भएको छ ।
चाडपर्वका समयमा सवारीको चाप बढी हुने र ठूला सवारीकै कारण जाम बढ्ने भएकाले उनीहरूलाई रोकिन लागिएको ट्राफिक प्रहरीले बताएको छ ।