असोज १०, काठमाडौं – ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड ल्याइएको हो ।
चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उतीर्ण र नविकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले अझै चालक अनुमतिपत्र पाउन सकेका छैनन् ।
सरकारले चार वर्ष अघि ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु गरेको हो । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तिर्ण गरेकाहरुका लागि चालक अनुमतिपत्र छपाइ विभागले गर्दै आएको छ ।
अहिलेसम्म विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन) को क्षमताभन्दा बढी कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमै चालक अनुमतिपत्र नपाएको विभागले यातायात व्यवस्था विभागले जनाएको छ ।