सिटी एक्सप्रेस मनी ट्रान्सफर र बेलायतको ख्याति प्राप्त एज रेमिट बिच रेमिटान्स कारोबार सुरु

असोज ९, काठमाडौ–बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी एज रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सmर बिच रेमिटान्स कारोबर सुरु भएको छ ।

कुवेत, बहराईन, मलेशिया, भारत, बेलायतलगायत विश्व भरी रहेको एज रेमिटको ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै नेपालमा पैसा पठाउन सक्नु हुनेछ । र, नेपालमा सिटी एक्सप्रेससंग आबद्ध सात हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने छ । यसको अलवा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एज रेमिटको तर्फबाट प्रमुख बित्तिय अधिकृत एम मल्लिकले हस्ताक्षर गर्नभएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७००० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।