सरकारले खारेज गर्यो शम्भुप्रसाद मण्डलको नागरिकता

असोज ९, काठमाडौं –सरकारले एक जनाको नेपाली नागरिकता खारेज गरेको छ ।

मोरङ जिल्ला कार्यालयबाट जारी गरेको शम्भुप्रसाद मण्डलको नागरिकता खारेज गर्ने निर्णय गरेको सरकार प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।

बिहीबारको नियमित पत्रकार सम्मेलनमार्फत् सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले उक्त नागरिकता खारेज भएलगत्तै मण्डल नेपाली नागरिकको सूचीबाट हटाइएको बताए ।