असोज ८, काठमाडौं — भारत नेपालमा जारी तेस्रो संस्करणको साफ यु –१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरी खेलको भारतले दोस्रो हाफमा तीन गोल गरेको थियो ।
जितसँगै समूह ’बी’ को भारतले २ खेलबाट ४ अंक जोडेको छ । भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
यसअघि भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।