एनआईसी एसिया र ओके रेमिट जापान बिच सम्झौता

असोज ८, काठमाडौं — एनआईसी एसिया बैंक लिमिटेडले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको सुरु गरेको छ ।

ओके रेमिट जापानसँगको सम्झौताअनुसार ओके रेमिटमार्फत जापानमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन पाउने कम्पनीले जनाएको छ ।

सम्झौता अनुशार जापानबाट पठाएको पैसा बैंकका मुलुकभर फैलिएको ३ सय १ वटा शाखाहरु, ७० वटा विस्तारित काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग तथा नौ हजारभन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सक्नेछन् ।

यसका साथै नजिकिँदो चाडपर्वको अवसरमा जापानमा रहेका नेपालीहरुले २०७६ असोज महिनाभर ओके रेमिट जापानबाट एनआईसी एशिया रेमिटमार्फत् भुक्तानी हुने गरी नेपालमा निःशुल्क रकम पठाउन सकिन्छ ।