भारत–पाकिस्तान सीमामा शक्तिशाली भूकम्प,कम्तीमा २५ जनाको मुत्यु

असोज ८, काठमाडौं —भारत–पाकिस्तान सीमानजिकै मंगलबार ६.३ म्याग्नेच्युडको भूकम्प आएको छ । सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ः३१ बजे लाहौरबाट १८३ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प आएको हो ।

भुकम्पमा परि कम्तीमा २५ जनाको मुत्यु भएको छ ।  भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको छ । भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन् ।

भूकम्पको धेरै प्रभाव जम्मु कस्मिरमा परेको बताइएको छ । हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।