असोज ७, काठमाडौं —तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलअन्तर्गत साविक विजेता नेपाल समूह चरणबाट बाहिरिएको छ ।
मंगलबार भएको समूह चरणअन्तर्गत भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेल्दै अंक बाडेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
समूह ’बी’ मा रहेको घरेलु टोली नेपाललाई सेमिफाइनलमा पुग्नका लागि भुटानको ३–० गोलको जित आवश्यक थियो । तर, भुटानले मंगलबार भएको समूह चरणको खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
भुटानसँगको लजास्पद हारका कारण नेपाल बाहिरिनु पर्यो ।पहिलो खेलमा नेपालले माल्दिभ्सविरुद्ध १–१ गोलको बराबरी खेले पनि भुटानसँगको दोस्रो खेलमा ३–० गोलले पराजित भएको थियो । यो हारको कारण नै नेपाल बाहिरिएको हो ।
यस अघि दुवै संस्करणको उपाधि जितेको नेपालले जिते पनि यस पालि भने ४ अंकसहित भुटान समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । उता, २ अंक जोडेको माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।