असोज ७, काठमाडौं — प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ५० हजार सहित २ जना पक्राउ परेका छन् ।
महानगरपालिका १४ बल्खुबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर बस्ने भारत बेतिया घर भएका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दास रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।