असोेज ७, काठमाडौं —सिटी एक्सप्रेस मनी ट्रान्सफर र ई सेवा बिच रेमिटान्स कारोबार सुरु भएको छ ।
मंगलबार एक कार्यक्रम बिच एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र ई सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ई सेवा प्रयोगकर्ताले आफ्नो ईसेवामा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेको ७,००० भन्दा बढि एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै ई सेवाका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।
यो सम्झौतासंगै अब एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको छ । एक्सप्रेसले १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
ई सेवामा हाल ५५ वटा बैंक, ६०,००० एजेन्ट र २० लाख भन्दा बढि ग्राहक रहेका छन् । यस मार्फत मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी ,रिचार्ज ,हवाइजहाज ,बसको टिकट ,स्कुल कलेजको शुल्क लगायतका सेवाहरुमा शुल्क भुक्तानी गर्न सकिन्छ ।
एक्सप्रेसलेअन्तरराष्ट्रिय एजेन्टहरु मार्फत पनि सिधै ई सेवा खातामा रकम जम्मा गर्ने आगामी योजना बनाएको छ । जसको उदेश्य नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहन गर्नु रहेको छ ।