तोकेको मुल्यमा ग्याँस नबेचे कारवाही गर्ने निगमको चेतावनी

असोज ७, काठमाडौं — असोज ३ गते मध्यरातदेखि लागु हुने गरी नेपाल आयल निगमले प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको छ ।

तर व्यापारीहरुले निगमले तोकेअनुशारको मुल्य कायम गरेर बिक्रि गरेका छ्रैनन् । पुरानै मुल्यमा एल.पी ग्याँस कारोबार भइरहेको छ ।

नेपाल आयल निगम (एनओसी)ले घटेको मूल्य अनुसार ग्याँस कारोबार नगर्ने व्यवसायीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार निगमले एक विज्ञप्ति जारी गर्दै बजार अनुगमनका क्रममा पुरानै मूल्यमा एल.पी ग्याँस कारोबार भइरहेको पाइएकाले त्यसो नगर्न आम ग्याँस व्यवसायीलाई सचेत गराएको हो ।