असोज ६, काठमाडौं— बाहिरी चक्रपथको जिम्मा चिनिया कम्पनीले पाउने भएको छ । लगानी बोर्डको सोमबारको ४०औं बैठकले काठमाडौं बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेस गरी संक्षिप्त सूचीकरण (सर्ट लिस्ट)मा परेकामध्ये मापदन्ड र मूल्यांकनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो ।
बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत् निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एअरपोर्ट इन्टरनेसनल एजी’लाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेस गर्नुपर्ने छ ।