असोज ५, काठमाडौं — सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै बिगत १९ दिनदेखि आन्दोलनरत चितवन मेडिकल कलेजका बिद्यार्थी र कलेज प्रशाशन बिच सहमति भएको छ ।
आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा साविककै शुल्कमा समायोजन गर्ने सहमति भएपछि बिद्याथीहरुको आन्दोलन स्थिगित भएको छ ।
विद्यार्थीले कलेज प्रशासनसँग राखेका आन्तरिक मागका सम्बन्धमा कलेज प्रशासन र अभिभावकबीच आपसी समन्वय गरी समस्या समाधान गर्ने सहमति भएको छ । लिएको बढी शुल्क कसलाई कति फिर्ता गर्ने भन्ने विषयमा समिति गठन भएको छ ।
कलेजले, सरकारले तोकेकोभन्दा रु १२ देखि १५ लाखसम्म बढी रकम लिन थालेपछि बिद्यार्थीहरु आन्द्योलनमा उत्रिएका थिए । शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो ।