असोज ५, काठमाडौं — साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज (आईतबार) नेपाल र भुटान भिड्दै छन् । समुह एमा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो ।
काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ । भुटानलाई हराउँदै प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर नेपाललाई प्राप्त छ ।