असोज ३, काठमाडौं — संविधान दिवसको अवसरमा २ सय ६० जना कैदीहरुको भुक्तानी कट्टा भएको छ भने २२ जना व्यक्तिहरुको सजाय माफ गरिएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले दिवसको अवसरमा माफी दिएकी हुन् ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन( ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियममावली, २०७६ बमोजिम भुक्तनी हुन बाँकी कैदको सजाय कट्टा गरिएको हो ।
संविधान दिवसको अवसरमा नेपाल सरकारको सिफारिसमा ६३४ जनालाई विभिन्न विभूषण (मानपदवी, अलंकार र पदक) प्रदान गरिने पनि राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।