असोज २, काठमाडौं — मेडिकल कलेजमा मनपरी शुल्क लिन थालेपछि बिद्यार्थीहरु आन्दोलनमा उत्रिन थालेका छन् ।
मन्त्रीपरिषदले चिकित्सा क्षेत्रमा अध्ययन गर्नेहरुका लागि निश्चित शुल्क तोकेको छ । तर कलेजहरुले भने मनलाग्दो शुल्क उठाइरहेको छन् ।
केहि दिनअघि कलेजले विद्यार्थीसँग अतिरित्त शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका बिद्यार्थीहरु आन्दोलमा उक्रिएका थिए । यतिबेला भने पोखराको गण्डकी मेडिकल कलेजका बिद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् ।
मन्त्रालयले तोकेको शुल्क भन्दा अनावश्यक शुल्क लिएको र मन्त्रालयको निर्देशन समेत नमानेको भन्दै बिद्यार्थीहरुले पटकपटक आन्दोलन गरिरहेका छन् । उनिहरुले शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको राजिनामा मागेका छन् ।
एमविविएस पढ्न विद्यार्थीहरुलाई मन्त्रीपरिषदले काठमाडौ बाहिर ४३ लाख ४५ हजार र काठमाडौ उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ ।
त्यस्तै नर्सिङ पढ्न ७ लाख ४८ हजार तोकेको छ । एमविविएस पढ्न थप १२ लाख र नर्सिङ पढ्न थप चार लाख सम्म रकम उठाउँछन् ।
तस्बीर —फाइल