असोज २, काठमाडौं — अबिरल बर्षाका कारण बाँकेका अधिकाश बस्ती डुवानमा परेका छन् ।
केही दिनदेखि परेको वर्षाको पानीले निकास नपाएपछि जिल्लाका बस्तीहरू डुबानमा परेका हुन । पानी पसेपछि प्रभावितहरूलाई सकुशल सुरक्षित स्थानमा सारिएको छ ।
वर्षाले जिल्लाको मुख्य बजार नेपालगञ्जलगायत पनि जलमग्न भएको छ । सेतु विक चोक, घरबारी टोल, धम्बोझी, सुर्खेत रोडलगायत स्थानका घरमा पानी पसेको छ । नेपालगञ्जदेखि बर्दिया सदरमुकाम जाने सडक अवरुद्ध भएको छ ।
किरण नालामा आएको बाढीले सडक डुबाउँदा सवारी आवागमन ठप्प भएको हो । भारतले सीमा क्षेत्रमा कलकलवा बाँध, लक्ष्मणपुर बाँधलगायत संरचना एकतर्फी रूपमा बनाउँदा पानीले निकास नपाउँदा यो जिल्लाका बस्तीहरू हरेक वर्षजसो डुबानमा पर्ने गरेका छन् ।