डेङ्गुका कारण अस्पतालमा आपतकाल घोषणा गर्नुनपर्ने स्वास्थ्यमन्त्रीको भनाई

असोज २, काठमाडौं — स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपतकालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिदै मन्त्रीले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदेखिएको जानकारी गराएका हुन् ।

पछिल्ला दिनहरुमा रोगीको सङ्ख्या घट्दै गएको अभिलेख रहेको  यादवले दाबी गरे । उनका अनुशार । १५ वर्ष अघि २०६१ मा चितवनमा देखा परेको डेङ्गु हाल ५६ जिल्लामा फैलिएको हो ।

खोज र नष्ट गर अभियानका लागि तीन तहका सरकारले जनचेतना अभियान चलाइरहेकोे, प्रभावित जिल्लामा ११ हजार किट पठाइएको मन्त्री यादवले बताए । बढी प्रभावित धरान, इटहरी, विराटनगर, पोखरालगायत स्थानमा विशेष सफाइ अभियान सञ्चालन गरिएको उनले सुनाए ।