असोज १—यदी तपाईंले रातमा एक्लै भुतको चलचित्र हेर्नुहुन्छ भने तपाईंको तौल घटाउन यसले मदत गर्ने छ । सुन्दा अचम्म लाग्न सक्छ, मोटोपन अथवा तौल घटाउनका लागि भुतको चलचित्र हेर्नु उपयुक्त सावित भएको छ ।
वेस्टमिन्स्टर यूनिभर्सिटीले गरेको एक अध्ययन अनुसार, प्रत्येक दिन भुतको चलचित्र हेर्ने मानिसको क्यालोरी कम हुन्छ । जसले तपाईंको तौल घटाउन मदत गर्छ ।
अध्ययनका अनुसार, ९० मिनेटको भुतको चलचित्रले करिब १ सय १३ क्यालोरी कम गर्न सक्दछ । सामान्य अवस्थामा यो परिमाणको क्यालोरी कम गर्न ३० मिनेट कसरत गर्नुपर्छ ।
अध्ययनका अनुसार, जति धेरै भुतको चलचित्र र्हेयो, उती धेरै तपाईंको तौल घट्छ ।
यस अध्ययनका अनुसार, भुतको वा कुनै डराउने चलचित्र हेर्नु मोटोपन घटाउने सहज उपाय हो ।
एजेन्सी