असोज १, काठमाडौं —सर्वोच्चको आदेशपछि रोकिएको त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले स्नातक तहका प्रवेश परिक्षा असोज ३ गतेदेखि लिने भएको छ ।
भदौ २१, २२, २३ र २४ गते तय गरिएका परीक्षा सर्वोच्चको आदेशपछि रोकिएको थियो । प्रकाशित सुचना अनुशार असोज ३, ५, ६ र ७ गते हुने छ ।
चिकित्सा शिक्षा ऐनभन्दा बाहिर गएर एमबिबिएस लगायतको प्रवेश परीक्षा लिन लागेपछि सर्वोच्चमा रिट परेको थियो।