दसैंमा स्वदेशी खसीबोकाले धान्ने कृषि मन्त्रालयको दाबी

असोज १, काठमाडौं — दसैं सुरु भएसंग गतबर्षमा भारतीय खसीबोका आयात हुने गर्दर्थे । तर यो बर्ष भने स्वदेशी खसीबोकाले नै धान्ने कृषि तथा पशुपछी विकास मन्त्रालयले बताएको छ ।

सीमाबाट आयात हुने पशुचौपाया निरोगी भएको प्रमाण पेस गर्नुपर्ने नियम लागू भएपछि आयात कम हुन थालेको छ । आयात कम भएपनि स्वदेशी उत्पादनले नै पुग्ने मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले बताएका छन् ।

स्वदेशी उत्पादनलाई ग्राहकहरुले पनि महंगो मुल्य तिर्नु नपर्ने भट्टराईले बताएका छन् । भट्टराईका अनुशार २०७४र७५ मा १ लाख ५४ हजार ९ सय ५४ वटा पशुचौपाया आयात भएको र गत आव २०७५र७६ मा ७३ हजार २ सय २ वटा पशुचौपाया आयात भएको थियो ।

यस वर्ष ६० हजार बढी खसीबोका उपत्यकामा स्टक रहेकाले अभाव हुने अवस्था नआउने उनले जानकारी दिएका छन् ।