बाटोमै अलपत्र ७ वटा हेलिकप्टरमध्ये २ वटा काठमाडौं अवतरण

भदौ ३१, काठमाडौं – मौसम खराबीका कारण अलपत्र परि काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण गरिएका ७ वटा हेलिकप्टर मध्ये २ वटा  काठमाडौं आइपुगेका छन् ।

हेलिकप्टर सोसाइटी अफ नेपालका अनुसार सिम्रिक एयर र कैलाश एयरको एउटा एउटा हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सफल भएका हुन् ।

अन्य ८ वटा हेलिकप्टरहरु सिम्रिकका :  खरिखोला – १, बनेपा २, अल्टिच्यूड एयर :  रोसीखोला – १, कैलाश होलिकप्टर :  धुलिखेल – १, श्री एयर :  रामेछाप – १, मनाङ एयर :  बासा, सोलुखुम्बु – १, फिस्टेल एयर :  बासा, सोलुखुम्बु – १ भने अनुकूल मौसमको कुराईमा रहेका छन् ।

यसका अतिरिक्त नेपालमा रहेका अन्य कुनै पनि हेलिकप्टर हरु भने उड्न सकेका छैनन् । बाँकी हेलिकप्टर काठमाडौं तथा पोखराका ग्राउण्डमै रहेका छन् ।