नेकपाको सोमबारको बैठक बिग फोर को भेटघाट

भदौ ३१, काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले चार नेतासँग भेटघाट गरेका छन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, रक्षामन्त्री इश्वर पोखरेलसँग प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्न नसकेको अवस्था पारी भेटघाट गरेका हुन ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने नवोलाइएको भन्दै उपस्थित भएनन् । सचिवालय सदस्य वामदेव गौतम बोलाइएपनि बिरामी भएका कारण नआएको बताइएको छ ।

बैठकमा पार्टी एकिकरणका बाँकी विषय र प्रक्रिया टुंग्याउने बारेमा छलफल भईहेको छ । बैठक आज पनि जारी रहेको छ । प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केलगत्तै ओली र दाहालको भने निरन्तर भेटघाट भईरहेको थियो ।

नेकपाको यसअघि बैठक सचिवालय बैठक बसेर दल दर्ता गर्ने जिम्मेवारी वाँडफाँड सहित टुंगिएको थियो । पछिल्ला दिनमा दुई अध्यक्षबीचको निरन्तर भेटघाट र छलफल भईरहेपनि सोमबारको शीर्ष चार नेताको भेटवार्ता अर्थपुर्ण रहने अडकल गरिएको छ ।

पार्टीका दुई अध्यक्ष सहित शिर्ष चार नेताको सोमबारको उक्त बैठकलाई विग फोरको भेटघाट पनि भन्ने गरिएको छ ।