भदौ ३१, काठमाडौं – सेयर बजारमा दोहोरो अंकले गिरावट आएपछि धेरैजसो लगानीकर्ताहरु निराश भएका छन् । सेयर बजार निरन्तर ओरालो लाग्दा लगानी डुबिरहेका कारण उनीहरु निराश भएका हुन् ।
गत सातादेखी निरन्तर खस्किदै आएको नेप्से परिसुचक आईतबार र सोमवार पनि पनि उक्लिन सकेन । सोमबार १६.१८ अंकले ओरालो लागेको नेप्से परिसूचक १ हजार १ सय २३.८३ अंकमा ओर्लियो । यसअघि आइतबार पनि १७.८७ अंकमा झर्याे ।
एक सातामा ३३.१९ अंकले खस्केको नेप्से परिसूचक साताभर कुल १७३ कम्पनीको ६६ लाख ५५ हजार १६४ कित्ता सेयर, एक अर्ब ५६ करोड तीन लाख ९९ हजार रुपैयाँमा कारोवार हुन पुगेको थियो ।
यतिखेर घाटै खाएर पनि कतिपय लगानीकर्ताहरु सेयर बेचेर बाहिरिने सुर कसेका छन् ।
तर सेयर बजारका विषयमा सरकारले गम्भीर हुन सके सेयर बजार र लगानीकर्ताको अवस्थामा सुधार हुन सक्ने यसका विज्ञहरु बताउछन् ।
यदपी सेयर बजारको पछिल्लो अवस्थाका कारण लगानीकर्ताको मनोवल गिरेकाले बजार उकासिन अझै समय लाग्ने देखिएको छ ।
तर नीति निर्माण कर्ताहरु सकारात्मक भईदिए सेयर बजारमा राम्रो प्रभाव पर्ने र धेरै नबढे पनि केही सुधार हुने अनुमान गरिएको छ ।