यसकारण हुन्छ महिलामा बाँझोपन

भदौं ३१, काठमाडौं — बाँझोपनको समस्याले धेरै दम्पतीलाई सताउने गरेको छ । बाँझोपनकै कारण घर, परिवार तथा समाजबाट अपहेलित हुनुपर्ने अवस्था छ । बाँझोपनको समस्या पुरुषमा भए पनि महिलाले नै त्यसको अपजस खेप्दै आएका छन् । महिलाहरुमा भने यसकारण बाझोपन देखिने गर्दछ ।

पाठेघरको मुख निकै टाइट वा सुक्खा भयो भने शुक्रकीट गर्भनलीसम्म पुग्न सक्दैन जसका कारण बाँझोपनको समस्या सिर्जना हुनसक्छ ।

३५ वर्षभन्दा कम उमेरका महिलाले १ वर्ष, ३५–४० उमेरका महिलाले ६ महिना र ४० वर्षमाथिका महिलाले ३ महिना प्रयास गर्दा पनि गर्भाधान हुन सकेन भने निस्सन्तानको समस्या भएको बुझ्नुपर्छ ।

गर्भनलीमा समस्या भए अण्डा निस्कन सक्दैन र शुक्रकीटसँग अण्डाको मिलन हुन पाउँदैन । महिलाको उमेर धेरै भएको अवस्थामा डिम्बले आवश्यकताअनुसारको अण्डा उत्पादन गर्न सक्दैन । त्यसकारण पनि गर्भ रहन सक्दैन 

डिम्बले चाहिनेभन्दा बढी अण्डा उत्पादन गर्दा पनि बाँझोपनको समस्या उत्पन्न हुनसक्छ ।

धेरै पटक पेटको अप्रेसन गरिएको छ भने डिम्बाशय पेटमा टाँसिन्छ र अण्डा निस्कदैन ।

पाठेघरमा ट्युमर, विभिन्न किसिमका इन्फेक्सन हुँदा, गर्र्भिनरोधक औषधि बढी प्रयोग गर्दा तथा धेरै नै क्युरेट गरिएको छ भने बाँझोपनको समस्या सिर्जना हुन्छ ।