प्राइम बैंकको एकीकृत कारोबार सुरु

भदौं ३१, काठमाडौं —प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई प्राप्ति पश्चातको एकीकृत कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ ।

बैंकले बिभिन्न वित्तीय संस्थाहरूलाई मर्जर प्राप्तिसमेत गरी आफ्नो पुँजी बढाउने योजना अन्तर्गत कन्काई विकास बैंकलाई प्राप्ति गरिएको पनि जनाएको छ ।

यी दुई बैंकहरूको प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी ९.६८ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप ८८.०३ अर्ब रुपैयाँ तथा कर्जा ८०.२८ अर्ब रुपैयाँ पुगेको छ । प्राप्ति पश्चातका प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या पनि ९५ पुगेको बैंकले जनायो ।