मौसम आजको — देशैभरि बदली, मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने

भ्दौं ३१, काठमाडौं — पुर्वि तराई, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको र भने बाँकि भु–भागमा पनि आंशिक देखि सामान्य बादलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखाको पश्चिमी भाग औषत स्थानको आशापास रहेको र पुर्वी भाग औषत स्थान भन्दा थोरै उत्तरतर्फ रहेको छ ।

यसका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भाग र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापिय प्रणाली रहेका छ भने बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाका कारण देशभर मनसुनी गतिविधि बढेको विभागले जनाएको छ।