भदौं ३१, एजेन्सी — हङकङमा सय दिन देखि लगातार प्रर्दशन भइरहेको छ ।
‘प्रो डेमोक्रेसी’ नाम दिइएको प्रदर्शनको एक सय दिन पुगेको छ ।
प्रर्दशमा लाखौं मानिस सरकारको विरोध गर्दै सडकमा छन् ।
एउटा अध्यागमन विधेयकको विरोधबाट सुरु भएको आन्दोलनले सत्ता पल्टाउने सम्भावना भन्दै टिप्पणी हुँदै आएको छ ।
आन्दोलित युवाहरुले आन्दोलनको सय दिनलाई एक उत्सवकै रुपमा मनाएका छन् ।