सांसद्को नेतृत्वमा अनुगमन संयन्त्र बनाउन मुख्य मन्त्री राईको निर्देशन

भदौ३०,काठमाडौं—प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले अब बजेट कार्यान्वयनको अनुगमन गर्न सांसद्को नेतृत्वमा अनुगमन संयन्त्र बनाइने बताए ।

सोमबार उक्त प्रदेश सभाका सांसदहरुसंग छलफल गर्ने क्रममा मन्त्री राईले बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याउन अनुगमन संयन्त्र आवश्यक रहेको बताएका हुन् ।

त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्म्बोले बिबिध कारणले बजेटमा समेट्न नसकेको बिषयलाई छलफल मार्फत् टुङ्याइने जनाएका छन् ।

सो प्रदेशले यस आर्थिक बर्षको कार्यक्रमलाई प्रभाबकारी बनाउन लिएका कार्ययोजना तथा रणनिती बारे प्रशासनिक नेतृत्व, राजनैतिक नेतृत्व र सांसदहरु बिच अन्तरक्रिया र संम्बादको थालनी गरेको प्रदेश नं १ का अर्थ सचिव दामोदर रेग्मीले बताए । यो राम्रो प्रयास भएका बताउदैे बिपक्षी दलका नेता राजीब कोइरालाले सरकार अझै पारदर्शी हुनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका सचिब दामोदर रेग्मी, सामाजिक बिकास मन्त्रालयका सचिब वीर बहादुर राई, प्रदेश योजना आयोगका अधिकृतले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा प्रदेश सभाका सार्बजनिक लेखा समिती सुशासन समिती र योजना समितीका सभापतिहरुले टिप्पणी गरे भने प्रमुख सचिब सुरेश अधिकारीले सो कार्यक्रम सञ्चालन गरेका थिए ।