बुद्ध एयरको स्पष्टीकरण, मन्त्रीसँग यात्रुको विवाद हुदाँ प्लेन नै कोल्टियो

भदौ ३०,काठमाडौं— बुद्ध एयरले नेपालगञ्जमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको कारण मात्र प्लेन ढिलो भएको भन्ने सामचार सत्य नभएकोे स्पष्टीकरण दिएको छ ।

बुद्ध एयर प्रालिले विज्ञप्ती जारी मन्त्रीलाई पर्खिँन केही समय उडान रोकिएको स्वीकार गरेको छ । तर मन्त्री आइसकेपछि ढिलो भएको भन्दै यात्रुहरुले नाराबाजी गर्दा करिब ५ मिनेट प्लेन नै कोल्टे भएको जनाएको छ ।

विमान भित्रै आक्रोशित समूहले वादविवाद गर्दा उडान गर्न झनै ढिला भएको सोमबार नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई पठाएको विज्ञप्तीमा उल्लेख छ । एकै ठाउँ भेला भएर यात्रुहरुले वादविवाद गर्दा प्लेन नै कोल्टे परेको विज्ञप्तीमा उल्लेख छ । मन्त्री भट्टराईले भने आफ्ना कारण १५ मिनेट ढिलो भएको स्पष्टिकरण दिँदै आएका छन् ।

विज्ञप्तीमा नेपालगञ्ज विमानस्थललाई दिएको समयभन्दा २४ मिनेट ढिलो भएको भन्दै काठमाण्डौंबाटै प्लेन ढिलो उडेको, मन्त्री केही समय ढिलो आएको तथा यात्रुहरुले विवाद गर्दा झन् ढिलो भएको जनाएको छ ।

घटनामा मन्त्री र सुरक्षाकर्मी तथा सहयोगीहरुले देखाएको संयमताका कारण पनि आक्रोशित समूहलाई समयमै साम्य पार्न सकिएको र ढिलै भए पनि उडान गर्न सकिएको पनि बुद्ध एअरले विज्ञप्तीमा स्पष्ट पारेको छ ।