एएफसी यू–१६ च्याम्पियनसिपः जोर्डनसँग नेपालको हार

भदौं २९,काठमाडौं—एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपालले फराकिलो हार ब्यहोरेको छ । शनिबार राति भएको उक्त खेलमा नेपालले घरेलु टोली जोर्डनसँग ७–० गोल अन्तरको फरालिको हार ब्यहोरेको हो ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्रा्ष्ट्रिय रंगशालामा भएको उक्त खेलमा नेपालविरुद्ध बलियो एवं घरेलु टोली जोर्डनले पहिलो हाफमा ५ गोल अन्तरको अग्रता बनायो भने दोस्रो हाफमा २ गोल थप्दै फराकिलो जित निकाल्यो ।

सन् २०२० मा आयोजना हुने एएफसी च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् । अब नेपालले दोस्रो खेलमा कुवेतको सामना गर्नेछ । यो खेल भदौ ३० गते हुनेछ । असोज ३ गते हुने तेस्रो खेलमा नेपालले ताजकिस्तानसँग खेल्ने छ भने अन्तिम खेलमा असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।