भदौ २६, काठमाडौं वेष्ट इण्डिजमा जारी क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको बार्बाडोस ट्रिडेन्टले जित निकालेको छ ।
नेपालका क्रिकेट आइकन सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि बुधबार राति बार्बाडोसले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई १८ रनले हराएको हो । प्याट्रियट्स सन्दीपको पूर्व क्लब समेत हो ।
बार्बाडोसले दिएको १८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्याट्रियट्सले २० ओभरमा ९ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो ।
प्याट्रियट्सका लागि लौरी इभान्सले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डोमिनिक डार्क्सले अविजित ३४ रन बनाए ।
प्याट्रियट्सलाई रोक्न बार्बाडोसका सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सन्दीप प्लेयर अफ दि म्याच समेत चुनिए । त्यस्तै ह्याडेन वाल्ह र जासन होल्डरलर २र२ विकेट लिए ।