बजेट कार्यान्वयन प्रभावकारिताका लागि पुनर्ताजगी तालिम

भदौं २५, काठमाडौं —आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं १ ले बजेट कार्यान्वयन प्रभावकारिताका लागि पुनर्ताजगी तालिम संचालन गरेको छ ।

यस प्रदेशमा रहेका सबै मन्त्रालयका कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको प्रदेश १ का अर्थ सचिव दामोेदर रेग्मीले बताए ।

बजेट कार्यान्वयनका लागि मन्त्रालयस्तरीय बजेट सूचना प्रणाली र एकल खाता कोष, प्रदेशमा प्रदेश मन्त्रालयस्तरीय बजेट सूचना प्रणाली र स्थानीय तहमा स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली सूत्र नामक सफ्टवेयरहरु संघमा संचालनमा आएका छन् । यि सफ्टवेयरहरु वीचको अन्तरसम्बन्ध बारे जनशक्तिहरुलाई दक्ष बनाउन उक्त तालिमको आयोजना गरिएको अर्थ सचिव रेग्मीको भनाई छ ।

तालिममा बजेट र आर्थिक प्रशासनमा संलग्न २० जना कर्मचारीहरु सहभागी थियो ।