भदौ २५,काठमाडौं—सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका छन् ।
ग्लोबल इन्टरप्राइज टेक्नोलोजी फोरमले बुधबार काठमाडांैमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको पनि स्पष्ट पारे ।
सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको मन्त्री बास्कोटाको दाबी छ ।
विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा पनि सरकारले आवश्यक पहल गरिरहेको मन्त्री बास्कोटाको भनाइ छ ।