भदौं २५, काठमाडौँ —सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे स्ने तय भएको बताइएको छ ।
आजको बैठकमा पार्टी एकताका बाँकी कामसहित विविध विषयमा छलफल हुने बताइएको छ । त्यस्तै नेकपामा एकल अध्यक्षको विषयमा पनि छलफल हुनसक्ने स्रोतले जनाएको छ ।
नेकपामा प्रवास कमिटी, जेष्ठ नागरिक मञ्च, लेखा आयोग, अनुशासन आयोग, सल्लाहकार परिषद् र महानगरपालिकाका अध्यक्ष र सचिव टुंग्याउन बाँकी छ ।