आँधीका कारण साढे चार लाख चिनियाँ प्रभावित

भदौं २४, काठमाडौं — चीनमा सोमबार आएको आँधीबाट चार लाख ५५ हजार भन्दा बढी प्रभावित भएका छन् ।

लिङलिङ नाम दिइएको सो आँधी स्थानीय समय अनुसार सोमबार विहान १० बजेतिर आएको आपत व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
आँधीका कारण ४४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

अरु ४६० भन्दा बढी घर पनि असर परेको छ । त्यसैगरी दुई लाख १५ हजार ८ सय हेक्टर जमिनमा रहेको कृषि उपजको नोक्सानी भएको छ ।