भदौं २४, काठमाडौं — आज आत्माहत्या रोकथाम दिवस । बिभिन्न कारणले संसारभर एकल देखि सामुहिक आत्माहत्याको संख्या गइरहेको पाइन्छ ।
पछिल्लो समय संसारभर आत्माहत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहको अवस्था देखिएता पनि राष्ट्रसंघीय स्वास्थ्य निकायले आत्महत्या गर्नेको संख्या भने पहिलेको तुलनामा अहिले घटेको उल्लेख गरेको छ ।
अधिकारीहरुका अनुशार जनसंख्या नै बढेकाले आत्महत्या गर्नेको संख्या बढेको जस्तो देखिएको बताएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भने हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।
विश्वभरी आत्महत्या गर्नेको सङ्ख्या हेर्दा सन् २०१० देखि सन् २०१६ सम्ममा झण्डै १० प्रतिशत घटेको देखिएको छ । ती मध्ये पश्चिमी क्षेत्रमा २० प्रतिशतले गिरावट आएको छ भने दक्षिण–पूर्वी एसियामा ४.२ प्रतिशतले मात्रै घटेको छ ।
रासस