भदौं २४, काठमाडौं — नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीबिच दुरी बढ्दै गइरहेको छ । नेपाल ओली संग लामो समयदेखि असन्तुष्ट रहेका छन् ।
नेपालले नेकपाका कतिपय निर्णयहरुका असहमति समेत जनाउदै आइरहेका छन् । ओली र नेपालबिच भदौं ५ गतेको सचिवालय बैठक मा भनाभन पछि उनिहरुबिच दुरी बढेको हो ।
उपचारको क्रममा ओली सिंगापुर जाने क्रममा नेपालले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्रीले ‘आवश्यक छैन’ भनेपछि बिबाद भएको थियो । ओली सिंगापुरमा उपचारपछि फर्किएर भेटघाटमा ब्यस्त भएपनि नेपालसंग उनको भेटबार्ता भएको छैन ।