भदौं २२,काठमाडौं— नेपाल श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
कोलम्बोमा आइतवार भएको खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपालले पेश गरेको २ सय ६२ रनको चुनौती बंगलादेशले ४ बलअगावै ४ विकेट गुमाएर पूरा र्गयो ।
नेपालका लागि कमलसिंह ऐरीले २ तथा रसिद खान र हरि चौहानले १र१ विकेट लिए ।
यसअघि श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन जोडेको थियो ।
नेपाललाई सम्मानजनक स्कोरसम्म डोर्होयाउने क्रममा पवन सर्राफ र सन्दीप जोराले सानदार अर्धसतकीय पारी खेले । पवनले ८१ रनको योगदान गर्दा सन्दीपले ५६ रन जोडे ।
यसका अलावा रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४ रन जोडेको पारीमा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अब नेपालले अन्तिम खेलमा बुधबार युएईसँग खेल्नेछ ।