भदौं २२, एजेन्सी — बलिउडका किङ्ग खानको रूपमा चिनिएका अभिनेता साहरुख खान यशराज फिल्मस्ले निर्माण गर्ने एक्सन चलचित्रमा काम गर्ने भएका छन् ।
यशराज फिल्मस् स्थापनाको ५० औैं वर्ष पुगेको अवसरमा यो चलचित्रको घोषणा हुनेछ भने यो चलचित्रलाई अलि अब्बास जफरले निर्देशन गर्ने पक्का भएको छ ।
अलि आफैले नयाँ चलचित्रको स्क्रिप्टको काम लगभग सकिएको उल्लेख गरेका छन् । अनि निर्देशित ‘टाइगर जिन्दा हे, सुल्तान’ जस्ता चलचित्र भारतमा ब्लकबस्टर मानिन्छन् ।