भदौं २०,काठमाडौं — आधुनिक गीत —संगीतमा लोकप्रिय गायक हेमन्त शर्माले यस पटक भने लोक दोहोरी गीत सार्वजनिक गरेका छन् ।
गायक शर्माले यसपटक लोकप्रिय लोकगायिका विष्णु माझीसँग गायनमा साझेदारी गरेका छन् ।
शर्माको उक्त गीतमा याम थापा मगरको शब्द तथा संगीत रहेको छ । ‘वनमारा’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । मरिष्का पोखरेल र पुष्प खड्का फिचर्ड भिडियोका निर्देशक शिव बिकले हुन् ।