मर्मत–सम्भारका लागि मनकामना केबलकार पाँच दिन बन्द हुने

भदौं २०, काठमाडौं — मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । भदौं २२ गते २६ गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रालिका अनुशार मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भि्सिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको हो ।

गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्दै आएका थिए । यसको प्रवेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना– ४ चेरेसमा छ । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।