भदौं २०,काठमाडौं — मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प भएपछि खानेपानी मन्त्रालयले बिहीबार अध्ययन टोली गठन गरेको छ ।
सुरुङ निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीसँग करारमा काम गरेको भेन्डर तथा स्थानीय सप्लायर्सहरूले आयोजनाको काम ठप्प पारेपछि उक्त टोली गठन गरिएको हो।
उक्त मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यका अनुसार मन्त्रालयकै खानेपानी महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन गरिएको हो ।
गठित समितिले उनीहरूको माग उपर अध्ययन गर्ने मन्त्रालयले जनाएको छ । सरकार सिएमसीसँग करारमा काम गरेका मजदुरको बाँकी रकम दिने पक्षमा रहे पनि आफूहरूले नपाउने छनक देखेपछि भेन्डर तथा स्थानीय सप्लायर्सहरू आन्दोलित भएका हुन् ।