भदौं १९,काठमाडौं —संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रस्तावित निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने कुरामा अब सरकार दृढ रहेको बताएका छन् ।
नेपाल वातावरण पत्रकार समूहले विहिवार राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा मन्त्री भट्टराईले विभिन्न अध्ययनका आधारमा प्रस्तावित निजगढ विमानस्थलको हालको स्थान उपयुक्त भएकाले अब त्यसमा फेरबदल नहुने बताए ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा वार्षिक ८० लाख हवाई यात्रुले ओहोरदोहोर गर्ने गर्छन् । वार्षिक सात दशमलव पाँच प्रतिशतले यात्रुहरुको संख्या वृद्धि हुँदै गएकाले अब यस विमानस्थले धेरै क्षमता धान्न नसकने उनको भनाई छ । सन् २०२२ पछि योक्रम उच्चतम बिन्दुमा पुग्ने भएकाले अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि अर्काे स्थानमा जानैपर्ने बाध्यता रहेको उल्लेख गरे ।
निजगढ विमानस्थलका बारेमा उठेका वातावरणीय पक्षलाई सरकारले गम्भीर रुपमा लिएको र उक्त विषयमा सरकार जानकार रहेको स्पष्ट पार्दै उनले भने, “पक्षविपक्षका बहसमाथिका बहसलाई सरकारले नियालिरहेको छ, जनस्तरबाट उठेका तार्किक विषय स्वाभाविक छन् ।”
केही महीनाभित्रै विमानस्थलको मोडालिटीका बारेमा निश्चित गरी थप छलफलका साथअघि बढ्ने पनि उनले जानकारी दिए। मुलुकमा हवाई यात्रुको चापलाई मध्यनजर गर्दै सरकारले गौतमबुद्ध र पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण अघि बढाएको बताउँदै उनले दुवै विमानस्थलको काम अन्तिम चरणमा रहेको जानकारी दिए।