भदौं १९,काठमाडौं — सरकारले दूधको मूल्य लिटरमा ६ रुपैयाँले बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको दुग्ध विकास संस्थानले जनाएको छ ।
सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न २९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल नै बनाएको थियो ।
कार्यदलले कम दूध उत्पादन हुने मौसममा १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममो ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो ।
नयाँ मुल्य भने आगामी शनीबारदेखि लागु हुने भएको छ । नयाँ मूल्य अनुसार उपभोत्ताले भने अब एक लिटरको दुधका लागि ७६ रुपैयाँ तिर्नेछ ।