भदौं १९, काठमाडौं — उपत्यका सहित जिल्लाहरुमा नियमित बर्षा भइरहेको छ । बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा बनेको न्यून
चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बद्लीसँगै वर्षा भइरहेको मौसमबिद्हरुले बताएका छन् । यहि क्रम आगामी तीन दिन सम्म चलिरहने मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुशार मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको छ ।